|

महामारी सुरु भएपछि र यसको अनुसन्धान हुन थालेपछि नाटकीय रुपमा मृत्युदर घटेको एक अनुसन्धानले बताएको छ। गत वर्षको अक्टोबरमा मृत्यु हुनेको संख्या ६० प्रतिशत थियो। त्यसबेला मृत्युदर उच्च विन्दुमा पुगेको थियो। अहिले मृत्युदर ३६ प्रतिशतमा झरेको विश्वभर भइरहेको अनुसन्धानले बताएको हो।

मार्चमा मृत्युदर ६० प्रतिशत थियो। अहिले मेको अन्त्यसम्ममा ४२ प्रतिशतमा झरेको छ।

विश्वभरका ४३ हजार १ सय २८ कोभिड संक्रमितमा अनुसन्धान गरिएको थियो। ५२ मुलुकले यसमा सहभागी भइ अध्ययन गरेको मेडिकल जर्नल एनेस्थेसियामा प्रकाशित भएको छ।

प्रोफेसर टिम कुकको नेतृत्वमा पाँच जना लेखक तथा बथको रोयल युनाइटेड अस्पतालमा काम गर्ने आइसियु विज्ञ र एनेस्थेटिक्समा सम्मिलित विज्ञहरुको टोलीले अनुसन्धान गरेको थियो।

अनुसन्धान गर्ने डाक्टरहरूका अनुसार गत बर्षको कोभिडको मृत्युदरमा ठूलो अन्तर रहेको छ। अनुसन्धानकर्ताहरु भन्छन्, 'नयाँ देखिएको 'भेरियन्ट' भाइरसले धेरै मानिसको ज्यान सक्छ। तर, विश्वव्यापी रुपमा निर्माण भइरहेको खोपले धेरै मानिसको ज्यान बचाउन सक्ने आशा गरिएको छ।'

विश्वव्यापी मृत्युदरको अध्ययन गर्दा मे महिना सम्म मृत्युदर ४१.६ प्रतिशत रहेको थियो। सेप्टेम्बरको अन्त्य सम्म मृत्युदर ३५.५ मा झरेको छ।

उपचार विधिमा परिवर्तन भएकोले डेक्सामेथासोन जस्ता औषधिको प्रयोगले, अक्सिजन थेरापी र प्लाज्मा थेरापीले पनि मृत्युदर घटाउन सहयोग गरेको हो।

अनुसन्धानमा संलग्नले भनेका छन,'मे २०२० देखि आईसीयुमा उपचाररत कोभिड संक्रमितको मृत्युदर घटेको छ।'

धेरै मुलुकमा मृत्यु दर ३० देखि ४० प्रतिशत रहेको छ। युरोपमा औसत ३३.४ र उत्तर अमेरिकामा ४० प्रतिशत छ। यद्यपि, अस्ट्रेलियाको भिक्टोरियासहित मेलबर्नको तथ्यांकअनुसार मृत्युदर ११ प्रतिशत भन्दा कम छ। मध्यपूर्वको राष्ट्रमा अन्य देशको तुलनामा मृत्युदर कम छ। जहाँ ६२ प्रतिशत छ।

'द गार्डियन'बाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.