|

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले आह्‍वान गरेको आम हडतालले रत्नपार्क क्षेत्र प्रभावित बनेको छ।

हडतालका कारण बिहानैदेखि त्यस क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ। छोटो दूरीको सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आउन नसक्दा यात्रु पैदल हिडिँरहेका छन्।

दल केन्द्रित विद्यार्थी तथा कार्यकर्ताले सरकारको असंवैधानिक कदमविरुद्ध नाराबाजी गरेका छन्।

बुभबार मात्रै सरकारले संवैधानिक आयोगमा नियुक्ति गरेको थियो।  सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले आमहड्ताल घोषणा गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.