|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन्। 

सोमबार सहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको बिरोध र्‍याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताए। प्रधानमन्त्री ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेका उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले संसद् विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्तिलगायत हेर्दा सामान्य लोकतान्त्रिक मूल्यमान्यतालाई पनि सम्मान नगरेको देखिएको बस्नेले बताए।

ओलीको जनविरोधी कदमविरुद्ध सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको पनि उनको भनाइ थियो। बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता भएको पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.