|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली पक्ष)को केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विदेशी शक्ति गुहारेको टिप्पणी गरेको छन्। एक ट्वीट गर्दै बाँस्कोटाले विदेशी शक्ति गुहार्ने नेताको कार्यकर्ताले राष्ट्रियताको कुरा गरेको बताएका हुन्।

उनले प्रचण्ड माधव पक्षलाई पुमा कम्पनीको कुरा न परो? भन्दै आश्चर्य  प्रकट गरेका छन्। प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभाको भाषण नसुन्ने निर्णय गरेको पनि बताए।

'नेताहरु विदेशी शक्तिकेन्द्र गुहार्दैछन् अनि कार्यकर्ता राष्ट्रियताको रक्षा गरौँ भनेर नारा लाईराछन्' उनले लेखेका छन्, 'पुमा कम्पनीको कुरा न परो? बुझ्न सके पो भो, आज भाषण नसुन्ने निर्णय गरे मैले त।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.