|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्ने बताएका छन्। अख्तियार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो। त्यसैले भ्रष्टाचार गर्ने अवसर नै नदिने त्यति गर्दा पनि गरेको पाए पनि कानुनी कारबाही गर्नुपर्छ।’

सरकारको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान अघि बढिरहेको बताए। देश विकासमा राज्यका सबै निकायहरू समान रुपमा लाग्नुपर्ने बताए। 

अख्तियारले विगतको ३० वर्षमा भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी ढंगले लागेको बताए। ‘अख्तियार निष्पक्ष हुनुपर्छ। उसले हात हाल्न नसक्ने ठाउँ कुनै छैन। त्यसो भएपछि सबैमा त्रास पैदा हुने नै भयो’ उनले भने। 

सरकारले सबै राज्यका अंगहरूलाई बिना दबाव काम गर्न दिने बताए। ‘कसैले टाउकोको माया छ की छैन भनेर भाषण गर्नेको कुरा सुन्न पर्दैन। त्यस्ता व्यक्तिले धाक लगाउने, तर्साउने मात्रै हो’ उनले भने, ‘बुख्याँचा जस्तो तर्साउनेले केही गर्न सक्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.