|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई प्रधानमन्त्री पदमा एक मिनेट पनि बस्न पाउने अधिकार नभएको बताएका छन्। 

काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संघर्ष संसद पुनःस्थापना र बलमिचाई ढंगले गरेको संवैधानिक नियुक्ति विरुद्ध हो।’ 

ओली निरङ्कुश र तानाशाही बाटोमा लागेको बताए। ओली सरकारले असंवैधानिक तवरले ढंगले संसद भंग गरेपछि ओली सरकार असंवैधानिक भएको तर्क गरे। 

‘ओली सरकार अवैधानिक सरकार हो, ओलीलाई प्रधानमन्त्री पदमा बस्ने अधिकार छैन’ उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षा गरेर समाजवादको दिशा तयार पार्नका लागि संघर्ष गरिरहेको छौँ।’ 

‘चुनाव भाग लिनुभन्दा ठुलो लोकतन्त्र के भनेर सरकारी गुटले हुइँय्या गरिरहेको छ। हामी पनि चुनावको पक्षमा छौँ। तर, संविधान विरोधी चुनाव चाहिएको होइन’ उनले भने। 

ओलीले चुनाव गर्नका लागि नगरेको घोषणा भएकाले त्यसलाई हराउन लाग्नुपर्ने उनले बताए। ओलीले लोकतन्त्रको रक्षा गर्नु आफ्नो पक्षको जिम्मेवारी भएको उपवास मात्रै भएको बताए। 

विकासको नारा दिएर संविधान र लोकतन्त्रमा कालो मसी ओलीले दलेको आरोप लगाए। ओलीले फाँसीवादको सुरु गरेको भन्दै त्यसको असफलता सुनिश्चित भएको दाबी गरे। 

ओलीको कदम विरुद्ध सबै संघर्षमा आआफ्नो ढंगले लागिरहे पनि संयुक्त आन्दोलनमा जानको लागि छलफल भइरहेको बताए। कम्युनिस्ट र समाजवादको विरोध गर्ने ओली कम्युनिस्ट पार्टीको एक गुटको अध्यक्ष भएको दाबी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.