|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीको रिहाई नगरे आम हड्ताल गर्ने चेतावनी दिएका छ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै नेकपा केन्द्रीय सदस्य झाँक्रीलाई आजै बेलुकीसम्म रिहा नगरिए माघ ३० देखि आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन्। 

विज्ञप्तिमा उल्लेख छ, ‘यदि उहाँलाई आज बेलुकीसम्म रिहा नगरिए ३० गतेदेखि प्रतिगमनकारी सरकारका विरुद्ध सडकमा सरकारी गाडी गुड्न नदिने र हड्तालसम्मका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यहोरा जानकारी गराउन चाहन्छौं।’

नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो आफ्नो निवासबाट राज्यविरुद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसार पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.