|

सिन्धुली : पूर्व-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गाउँपालिकाको भवन उद्घाटन गर्न सिन्धुली आउने भएका छन्। सिन्धुलीको मरिण गाउँपालिकाको निर्माण सम्पन्न अत्याधुनिक सुविधा सम्पन्न प्रशासकीय भवन उद्घाटन गर्न उनी जान लागेका हुन्।

ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सन कम्पनी प्रा.ली ले कुल ५ करोड लागतमा साढे तिन तलाको भवन निर्माण गरेको हो। मरिण गाउपालिका र अनक कन्ट्रक्सनलाई कम्पनी प्रा.ली बिच २०७७ पुष मसान्त सम्ममा भवन निर्माण सम्पन्न गर्ने गरी २०७५ साल असार २६ गते सम्झौता भएको थियो।

लिफ्ट समेत रहेको भवन अपाङ्ग मैत्री समेत रहेको छ। नयाँ भवन बने सँगै अब मरिण गाउँपालिकाको प्रशासनिक कामकाज सोही भवनबाट हुनेछ। सुविधा सम्पन्न भवन भने पछि जनतालाई छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्न सकिने मरिण गाउपालिका अध्यक्ष पानी राज बम्जनले बताए।

यस अघि भाडाको घरबाट गाउँपालिकाको कार्यालय संचालन हुदै आएको थियो। नयाँ भवन भनेपछि कार्यालयको दैनिक प्रशासनिक कामहरु चुस्तदुरुस्त र व्यवस्थित ढंगमा सम्पादन गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले बताए। भवनमा गाउँपालिकाको सबै शाखाहरूको छुट्टाछुट्टै कोठाहरू रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.