|

रुकुम पूर्व : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेतृ ओनसरी घर्ती मगरले प्रधानमन्त्री केपी शर्मा ओली दुर्गम तथा उत्पीडित जनताको विरोधी रहेको आरोप लगाएकी छन्। 

आइतबार नेकपा प्रचण्ड–माधव समूह रुकुमपूर्वले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पूर्वसभामुखसमेत रहेकी नेकपा लुम्बिनी प्रदेशका अध्यक्ष घर्तीले प्रधानमन्त्री ओली रुकुम, रोल्पाजस्ता उत्पीडित क्षेत्रका जनताका विरोधी रहेको बताएकी हुन्। 

दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेको बेला उत्पीडित वर्ग र समुदायको अधिकार लेखिएको संविधान प्रधानमन्त्री ओलीले लत्याएको उनको भनाइ छ। नेतृ घर्तीले प्रधानमन्त्री ओलीमा संघीयता र लोकतन्त्र विरोधी प्रवृत्ति रहेको दाबी गरिन्। सम्पूर्ण नेपालीको भविष्य अहिलेको संविधानमा समेटिएकाले त्यसलाई कार्यन्वयन गर्दै अबको क्रान्ति विचार र नौलो जनवादतर्फ अघि बढ्दै दुर्गम उत्पीडित जनताको अधिकारको लागि लडिराखेको घर्तीले बताइन्। ओली नेतृत्वको सरकारले विभिन्न आफ्नो स्वार्थ पूरा गर्नका लागि विभिन्न प्रलोभन देखाइ राखेको भन्दै घर्तीले निर्वाचन पनि स्वार्थ पूरा गर्नका लागि मात्र रचेको जिकिर गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.