|

दाङ : दाङमा प्रहरीले ६ किलो बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका ५ का ३८ वर्षीय प्रकाश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

लागुपदार्थ औषध अफिम रोल्पाबाट दाङतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका-१९ दुइ खोलीबाट सोमवार बेलुका पक्राउ गरिएको मंगलवार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।

उनका अनुसार खानतलासी गर्दा घर्तीले बोकेको झोलामा ८ वटा पोका बनाइ राखेको अवस्थामा ६ किलो २३९ ग्राम अफिम बरामद गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.