|

काठमाडौं : सरकारले भारतबाट २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने तयारी गरेको छ।

मन्त्रिपरिषदले मंगलबार चार अमेरिकी डलरका दरमा २० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ्य सेवा विभागलाई अख्तियारी दिने निर्णय गरेको छ। खोप सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गर्न लागिएको हो।

खोप फेब्रुवरीभित्र १० लाख र मार्चभित्र १० लाख डोज ल्याउने तयारी छ। खरिदका लागि उत्पादक कम्पनीलाई अग्रिम ८० प्रतिशत भुक्तानी दिने, प्रतीतपत्र (एलसी) खोलेर सामान लोड हुनेबेला बाँकी २० प्रतिशत भुक्तानी दिने बताइएको छ।

भारतले यसअघि नेपाललाई सिरम कम्पनीले उत्पादन गरेको १० लाख डोज खोप उपलब्ध अनुदान दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.