|
फाइल फोटो

विराटनगर :  नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले आज (शनिबार) विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन्‌।

ओली पक्षले विराटनगर अस्पताल नजिकैको खाली निजी जग्गामा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनपछि हुने सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने थाहा लागेको छ।

विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा जिल्लाका नेताहरूसँग भेटवार्ता गर्ने र साढे १२ बजे कार्यक्रम स्थलमा पुग्ने कार्यतालिका ओली पक्षले सार्वजनिक गरेको छ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेपछि सत्तारूढ नेकपा तीन चिरामा विभक्त भएको छ।

प्रधानमन्त्री ओली पक्षधर, अध्यक्ष प्रचण्डलगायत पार्टीका शीर्षस्थ नेताहरू रहेको अर्को समूह र उपाध्यक्ष वामदेव गौतमको तेस्रो समूह अहिले फरक अस्तित्वमा छन्‌। यी समूहले एक-अर्कोविरुद्ध आरोप-प्रत्यारोप गर्ने, कार्यकर्ता बटुलेर शक्ति प्रदर्शन गर्ने तथा बन्द-हड्तालसम्मका काम गर्दै आएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.