|

काठमाडौं : काठमाडौंको गोकर्णेश्वरमा स्कुल जान हिँडेका एक बालक ८ दिनदेखि बेपत्ता भएका छन्।

गत फागुन २ गते स्कुल हिँडेका १५ वर्षीय निकेश लामा अहिलेसम्म पनि सम्पर्कमा नआएको उनका बुवा मीनबहादुर तामाङले जानकारी दिएका छन्‌। सेन्ट नि अल स्कुलमा कक्षा ८ मा पढ्ने गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटीका निकेश फागुन २ गते बिहान ९ बजे स्कुल जान भनेर घरबाट हिँडेका थिए।

तर, स्कुल नपुग्दै उनी बाटैबाट हराएको पाइएको परिवारले जनाएको छ। निकेश हराएको केही दिनपछि मात्रै परिवारका सदस्यहरूले बौद्ध प्रहरीमा जानकारी दिएका थिए।

प्रहरीले पनि अहिलेसम्म पत्ता लगाउन नसकेको मीनबहादुरको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.