|

काठमाडौं : मानव बेचबिखन कार्यमामा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ घर भई काठमाडौं चक्रपथ बस्ने ३५ वर्षीय रामकुमार चौधरीलाई छन्। उनलाई ब्यूरोको टोलीले चावहिलस्थित स्तुपाबाट पक्राउ गरेका जनाएको छ। 

चौधरीले १४ जना महिलालाई दुबई पठाउछु भनेर भारतहुँदै श्रीलंका पुर्याएका खुलेको ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार गाउँकै १४ जना महिलाई चौधरीसहितको समूहले भारतको सिलगुढीस्थित सविन शाहको कोठामा पुर्‍याई १७ दिन राखि श्रीलंका पुर्‍याएको थियो। श्रीलंकामा अलिआक्स भन्ने मान्छेलाई भेट गराई उनकै अपार्टमेन्टमा ति महिलाई लगेर दुई महिनासम्म बन्धक बनाई राखिएको थियो। 

बन्धक भएका महिलाहरुले आफूहरुलाई नेपाल फर्काउ नत्र प्रहरीलाई खबर गर्छौ भनेपछि अलिआक्सले राहदानी फिर्ता दिई मुक्त गराएपछि नेपाल फर्किएका थिए। बन्धक भएका महिलाहरु २०७३ साउन २३ गते नेपाल फर्किएर दुबई पठाउन भूमिका खेल्ने चन्द्रप्रकाश राई सबिन शाह र चौधरीविरुद्ध जाहेरी दिएका थिए। राई र शाह पहिले नै पक्राउ परी मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका छन्। चौधरी भने फरार हुँदै आएका थिए। 

उनीविरुद्ध मानव बेचबिखनको कसुरमा पाँच दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको ब्यूरोका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.