|

काठमाडौं : नेपालमा सर्वोच्च अदालतले सरकारद्वारा प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंवैधानिक भएको फैसला सुनाएपछि भारतीय सत्तारूढ दल भाजपाका नेता पुलकित भएका छन्। 

भाजपाका वरिष्ठ नेता एवम् राज्यसभा सांसद सुब्रमण्यम स्वामीले नेपालबाट शुभ खबर आएको उल्लेख गर्दै ट्वीट गरेका हुन्। उनले यसबीचमा बिग्रिएको नेपाल र भारतबीचको सम्बन्ध नै मर्मत गर्न सकिनेसम्म उल्लेख गरेका छन्‌।

​उनले ट्वीटरमा लेखेका छन्, 'नेपालबाट शुभ समाचार ! नेपालको सर्वोच्च अदालतले संसदको विघटन रद्द गर्‍यो र संसद पुनर्जीवित गर्न १३ दिन दियो। नेपाली लोकतान्त्रिक नेताहरूले मलाई सम्पर्क गर्दै आएका छन् र मेरो आशा छ कि प्रजातन्त्र पुनःस्थापित हुनेछ। त्यसपछि भारत-नेपाल सम्बन्ध मर्मत गर्न (सुधार्न) सकिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.