|

सल्यान : सल्यानमा वार्षिक ३७ मृत शिशुको जन्म हुने गरेको पाइएको छ। आर्थिक वर्ष ०७६/०७७ मा ३७ जना शिशु मृत जन्मिएका स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। 

स्वास्थ्य सेवा कार्याल सल्यानले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७४/०७५ मा ५३, २०७५/०७६ मा ५७ र ०७६/०७७ मा ३७ मृत शिशु जन्मिएका छन्।कार्यालयका सूचना अधिकारी थलराज डिसीका अनुसार विगतका आर्थिक वर्षभन्दा केही सुधारोन्मुख भए पनि मृत्युदर बढी नै हो।

नेपाल सरकारले जारी गरेको चार पटकको नियमित गर्भ जाँच, लामो समयसम्म सुत्केरी व्यथा लाग्नु लगायतका कारण आमाले मृत शिशुलाई जन्म दिइरहेका उनले बताए। भने, ‘आर्थिक वर्ष २०७५/०७६ मा झनै ५७ जना मृत शिशुको जन्म भएको थियो। तर गएको आवमा  विभिन्न कार्यक्रममार्फत २० प्रतिशतले घटाउन सफल भएका छौं। विश्वभर फैलिएको कोरोना महामारी नआएको भए अझै घटाउन सकिन्थ्यो होला।’ 

गर्भवती महिलाले नेपाल सरकारको प्रोटोकलअनुसार नियमित ४ पटक वा आवश्यकतामा त्योभन्दा बढी चेकजाँच गरे, गर्भवती महिलालाई घरपरिवारले सरसहयोग गरेमा उमेर पुगेपछि मात्र गर्भवती भए शिशु मृत्युदर घटाउन सकिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.