|

काठमाडौं : प्रि-मनसुनको गतिविधि सुरु भएको कारण आज देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा बेलुकी पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुनेछ। 

नेपालमा सामान्यतया अंग्रेजी महिना मार्चदेखि प्रि-मनसुनको अवधी सुरु हुने गर्दछ। मार्च, अप्रिल र मे गरी तीन महिनासम्म प्रि-मनसुनको समय चल्ने भएकाले मौसम प्रभावित भइरहन्छ। प्रि-मनसुनको समयमा दिनमा घाम लाग्ने र साँझपख मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने गर्छ। 

प्रि-मनसुन सुरु भएपछि मार्च ५ तारिखमा पहिलोपटक पानी परेको थियो। शुक्रबार बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी परेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा ६ मिलीमिटर बर्षा मापन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.