देशको मौसम र अहिलेको राजनीति उस्तै

|
फाइल तस्वीर

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने धम्की दिएका छन्। उनले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिए।

नेकपा एकीकृत समाजवादीको भ्रातृ संस्था युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले आज (शुक्रवार) काठमाडौँमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन छाड्ने धम्की दिएका हुन्।

उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणीसमेत गरे। उनले देशको मौसमबारे एकिन केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्न नसक्ने अवस्था रहेको जिकिर गरे।

उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए। उनले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए। उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए।

‘अहिलेको देशको राजनीति पनि देशको मौसम जस्तै छ तर हामी चाहन्छौँ, मौसमबारे केही भन्न नसकेजस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस्‚’ अध्यक्ष नेपालले भने, ‘राजनीतिक स्थायित्व चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि‚ देशलाई अघि बढाउनका लागि हो।’

अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरुको विकास, सीप सिकाउने, उद्यमशीलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.