|

काठमाडौं : आज मार्च ८ अर्थात् १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, राजनैतिक दलआबद्ध महिला संघ÷संगठनहरुले ¥याली, गोष्ठी, सभालगायतका कार्यक्रमहरु तय गरेका छन्।

जर्मनीमा जन्मिएकी कम्युनिस्ट नेतृ क्लारा जेट्किनले महिला श्रमिकमाथिको श्रम शोषणविरुद्ध संघर्ष थालेको स्मरणमा यो दिवस मनाउने गरिएको हो। क्लारा जेट्किनको नेतृत्वमा सन् १९०८ मार्च ८ का दिन अमेरिकाको सिकागो सहरमा समान काम, समान ज्याला लगायत माग राखेर महिलाहरुले आन्दोलन थालेका थिए। सोही दिनको स्मरणमा सन् १९१० मार्च ८ देखि अहिलेसम्म श्रमिक महिलाहरुले अधिकारका लागि संघर्ष गरेको दिनका रुपमा यो दिवस मनाइँदै आइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.