|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ।

पार्टीको विधानअनुसार अध्यक्ष त्रयले उनीहरुलाई मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ।

प्रदेश १ का अध्यक्ष रामकुमार थापा र उपाध्यक्ष सगुनसुन्दर लावली‚ प्रदेश २ का अध्यक्ष रामरायचन्द्र राय र महेशलाल महासेठलाई मनोनयन गरिएको छ। यस्तै‚ गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङ र उपाध्यक्ष महेश्वर रोक्का‚ लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदय र उपाध्यक्ष कैलाश गुरुङलाई मनोनयन गरेको छ। कर्णाली प्रदेश अध्यक्षमा दीपबहादुर शाही र उपाध्यक्षमा जनकसिंह ठकुरी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.