|

काठमाडौं : वर्तमान राजनीति समाधान गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) ले उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ। जसपाको पदाधिकारी बैठकले राजनीतिक संकट समाधान गर्न उच्च तहमा संवाद गर्ने निर्णय गरेको हो। 

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, 'जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ।'  पार्टीको समायोजन तथा आगामी कार्ययोजना बरे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्नेसमेत जनाएका छन्। जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.