|

काठमाडौं : जनता समाजवादी नेपाल (जसपा) का ५ जना शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्। सत्ता सहकार्य र आफ्ना एजेण्डाबारे छलफल गर्नका लागि जसपाका ५ नेता बालुवाटार पुगेका हुन्। 

जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। 

जसपाले रेशम चौधरी, थरुहट आन्दोलनको मुद्दा र संविधान संशोधनलगायत माग गरेको खण्डमा सत्ता सहकार्य गर्न सकिने तर्क गरेका छन्। उनीहरूले प्रधानमन्त्री ओलीबाट यसअघि धोका भएको भन्दै उधारो सहमति नगर्ने दाबी गर्दै आएका छन्। 

प्रधानमन्त्री ओलीका विश्वासपात्र सुवासचन्द्र नेम्वाङले जसपाको मागबारे सकारात्मक भएको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.