|

काठमाडौं : सेनाले डेढ महिना अघि सत्ता हातमा  लिएपछि म्यानमारमा रक्तपात रोकिएको छ।  त्यसविरुद्ध म्यानमारका नागरिकले निरन्तर प्रदर्शन गरिरहेका छन्। 
 प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अभियानकर्मीले बताएका छन्।

आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको बीबीसीले उल्लेख गरेको छ। सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र चक्कुका साथ प्रदर्शनमा उत्रिएका थिए। यस्तै चिनियाँ व्यवसायीमाथि हमला भएको भन्दै सेनाले यङ्गुनका केही क्षेत्रमा सैन्य कानुन लागू गरेको छ। म्यानमारमा रक्तपातका कारण १०० भन्दा बढीको ज्यान गइसकेकाे छ। हज्जारौं घाइते भएका छन्। 

सेनाले नेत्री आङ सान सुकीलगायतलाई नियन्त्रणमा लिइ शासन आफ्नो हातमा लिएपछि कतिपय सांसदहरु भूमिगत भएका छन्।  सेनाले नियन्त्रणमा लिनुअघि नै उम्कन सफल भएका एनएलडीका सांसदहरुले सीआरपीएच नामक एक समिति गठन गरेका थिए। मान विन खाइन थान सीआरपीएच का प्रमुख छन्।

सेनाले शासनमा नियन्त्रणमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै उनले सेनाविरुद्धको आन्दोलनलाई निरन्तरता दिने बताएका थिए। उनले अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो रहेको उल्लेख गर्दै छिट्टै बिहानी आउन लागेको पनि बताएका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.