|

मकवानपुर : हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज संकटा क्लब र एडिभिजन लिग विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल वन विज्ञान अध्ययन संस्थानको मैदानमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।

आजको खेलबाट विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोली रिगल हेटौंडा रिसोर्टसँग चैत ४ गते प्रतिस्पर्धा गर्नेछ। आइतबार भएको खेलमा बागमती युवा क्लब सर्लाहीले सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना तथा मकवानपुरका दशवटै स्थानीय तहको प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट मोटरसाइकल र विधागत उत्कृट हुने खेलाडीले ट्रफीसहित २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

फागुन २७ देअि सुरु भएको प्रतियोगिताको फाइनल चैत ७ गते हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.