|

काठमाडौं : पार्टीभित्रको विवाद समाधान गर्नका लागि पार्टी मुख्यालय धुम्बाराहीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदल बनाएर अगाडि जान सकिने प्रस्ताव गरेका छन्। 

प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गरेको फागुन २८ गतेको निर्णयलाई फिर्ता लिएर कार्यदल बनाएर समस्या समाधान गर्नका लागि उनले प्रस्ताव गरेका हुन्। 

'२८ गतेको बैठक वैधानिक छैन। त्यसलाई शून्य अवस्थामा लैजाऔँ' छलफलपछि नेता नेपालले भने, 'त्यसपछि सिंगो अवस्थामा बसेर छलफल गरौँ। कार्यदल पनि बनाउन सकिन्छ। 

तर, प्रधानमन्त्री ओलीले त्यस बिषयमा कुनै जवाफ फर्काएनन्। 

‘हामीलाई जानकारी नभएको कुरालाई हामीले स्वीकार गर्ने अवस्था नै भएन। त्यो कुरा आजको बैठकमा उहाँहरुले स्वीकार गर्ने वातावरण देखेनौँ। त्यसो नभएपछि हामीले मान्ने कुरा आउँदैन’ बैठकपछि उपाध्यक्ष भीम रावलले भने, ‘हामीले सबैकुरा पार्टीको निर्णयअनुसार औपचारिक रुपमा केन्द्रीय कमिटीबाट हुनुपर्छ भनेका हौँ।’

यस्तै सचिव प्रदिप ज्ञवालीले बैठक सकारात्मक भएको भन्दै अब निरन्तर रुपमा छलफल जारी रहने बताए। 

‘उहाँहरुले २८ गतेको निर्णयमा मान्नुभएको छैन। हामीले अगाडि बढौँ। त्यो निर्णयलाई थप सुधार गरेर छलफल गरौँ भनेका छौँ’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.