काठमाडौ : नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे केन्द्रीय समितिको बैठकले आगामी बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेकाे हो। पार्टी कार्यालय शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेल नेतृत्वमा सचिवालयले गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए।
यसअघि मदननगर बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले क्षति पुर्याएपछि अहिले धुम्बाराहीमा पार्टी कार्यालय रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।