भन्छन् : यो गीत आफैंभित्रको उत्तर हो

|

काठमाडौं : गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेदविरुद्ध ‘ए मान्छे’ गीत सार्वजनिक गरेका छन्।

५६ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन्।

चर्चित लेखक आहुतिको शब्द रहेको गीत २१ ओँ शताब्दीमा मान्छेले बेहोर्नुपरिरहेको विभेदविरुद्ध रचनात्मक आवाज रहेको गायक राज सागरको भनाइ छ।

मर्यादा मिडियाको प्रस्तुति रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार कोसेली हो। अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आइरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयासस्वरुप गीति कोसेली ल्याएको गायक राज सागरले बताए। ​

'माया पिरतीका धेरै गीत गाइयो, ताली पनि पाइयो, नाम र दाम सबै पाइयो तर समाजलाई के दिन सकियो भन्ने आफैंभित्रको उत्तर हो ‘ए मान्छे,’ गायक राज सागर रोमाञ्चि हुँदै थप्छन्, 'मान्छेहरु जातकै कारण मारिने क्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रबाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।'

संजीब बराइलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाइस अफ नेपालमा रेकर्ड गरिएको हो। भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.