टोकियोमा फेरि बढे संक्रमित, बुधबार यो महिनाकै सबैभन्दा धेरै

|

कोरोना भाइरसको महामारीबाट अत्यन्त प्रभावित ब्राजिलमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ। महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मंगलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। 

उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार मात्रै ब्राजिलमा तीन हजार २५१ जनाको मृत्यु भएको देखिएको छ। योसँगै ब्राजिलमा कारोना भाइरसका कारण मृत्यु भएकाको सङ्ख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ।

त्यसैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोना भाइरसबाट ८२ हजार ४९३ जना सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ। ब्राजिलमा अहिलेसम्म कुल एक करोड २१ लाख ३० हजार १९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ​

टोकियोमा फेरि बढे सङ्क्रमित, बुधबार यो महिनाकै सबैभन्दा धेरै

जापानको राजधानी टोकियोमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख १८ हजार ४६१ पुगेको छ।

टोकियोमा बुधबार दोस्रो पटक दैनिक सङ्क्रमितको सङ्ख्या ४०० नाघेको हो। यसअघि अघिल्लो एकैदिनमा ४०९ जना सङ्क्रमित भएका थिए। सरकारी अधिकारीहरुका अनुसार राजधानी टोकियोमा गत मङ्गलबार ३३७ जना र सोमबार १८७ जना नयाँ सङ्क्रमित थपिएका थिए।

टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको हो। कतिपय स्थानीय अधिकारीहरुले भने सार्वजनिक र ठूला कतिपय कार्यक्रमका कारण सङ्क्रमण थप फैलिएको दाबी गरेका छन्। 

पछिल्लो सात दिनमा औसतमा ३०९।७ जना नयाँ सङ्क्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। कोरोना प्रभावित मुलुकको सूचीमा जापान ३९ औँ क्रममा पर्दछ। जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना सङ्क्रमित भएका छन्। 

    त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर आठ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरुले जनाएका छन्। 
–––

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.