|

काठमाडौं : उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उसले जापानी सामुद्रिक क्षेत्रमा मिसाइल प्रहार गरेको अमेरिका र जापानका संचार माध्यमहरुले जनाएका छन्। 

अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाले पहिलो पटक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। दुई दिनअघि उत्तर कोरियाले पहेँलो सागर क्षेत्रमा दुईवटा साधारण मिसाइल परीक्षण गरेको थियो। सुरक्षाका मापदण्डहरु उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि ब्यालेस्टिक परीक्षणमा प्रतिबन्ध लगाएको छ। 

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षण क्षेत्रीय शान्ति भंग गर्न उद्यत रहेको बताएका छन् गत मंगलबार उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले यस्तो कामका लागि उकास्नेलाई कारबाही गर्ने चेतावनी दिएको थियो। ब्यालेस्टिक परीक्षणपछि भने अमेरिकाको कुनै प्रतिक्रिया आइसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.