|

दैलेख : ​डुङेश्वर गाउँपालिका–३ रेक्चा बस्ने एक महिलालाई छोरा हत्याको अभियोग लागेको छ। उनले आफ्नै छोरालाई झुन्ड्याएर मारेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

२८ वर्षीया हीरा थापा मगरले ३ वर्षीय छोरा उमेशलाई झुण्ड्याएपछि भीरबाट हामफालेर आत्महत्या प्रयास गरेको हुन सक्ने दैलेख प्रहरीले आशंका गरेको छ। भीरबाट हाम फालेकी हीरा सख्त घाइते भएकी छन्।  

बालकको शव पोस्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा लगिएको छ। स्वास्थ सेवा कार्यालय दैलेखमा हीराको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.