|

दाङ : कोभिड-१९ महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सोही दिनदेखि नै लागु हुने गरी सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह गरेको हो।

यसअघि सभा सम्मलेन गर्न अनुमति लिए पनि त्यस्ता सहमति रद्द गरिएको प्रशासनले सूचना जारी गरी जानकारी दिएको छ।  नेपाल– भारत खुला सीमाना क्षेत्र जिल्ला रहेकाले भारतमा पुनः कोभिड-१९ को संक्रमन फैलिनु र मृत्यु दर पनि बढेकाले सावधानी अउनाउन उक्त निर्णय गरेको सहायक प्रजिअ चिरञ्जिवी रानाले बताए।

साथै, प्रशासनले अनिवार्य रुपमा सुरक्षित मापदण्ड अपनाउन आग्रह गरेको छ। साबुन पानीले हात हुन, मास्क लगाउन, स्यानीटाइजर प्रयोग गर्न समेत आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.