|

काठमाडौं : पाकिस्तानको उत्तरी गिलगित बाल्टिस्तान क्षेत्रमा बिहीबार एक अज्ञात आक्रमणकारीले गोली चलाउँदा कम्तीमा छ जनाको ज्यान गएको छ घटनामा अन्य केही व्यक्ति घाइते भएको प्रहरी अधिकारीले जनाएका छन्।​

गिलगितका वरिष्ठ प्रहरी अधीकृत मिर्जा हसनले सञ्चारमाध्यमलाई बताए अनुसार अज्ञात बन्दुकधारी एक समूहले नल्टार क्षेत्रस्थित पुल नजिकै यात्रुबोकेको भ्यानमा गोली हानेको थियो। हमला भएको गाडीमा महिला र केटाकेटीहरू यात्रा गरिरहेका थिए।

यात्रुवाहक गाडी गिलगितबाट नल्टारबाला जाँदै थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ। उक्त क्षेत्रमा थप प्रहरी टोली पठाइएको छ। प्रहरीले आक्रमणकारीहरूको खोजी गरिरहेको छ। प्रहरीले आक्रमण कसले र किन गरेको भन्नेबारेमा पनि अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.