|

काठमाडौं : होली पर्वमा गरिएको कडाई चेकिङमा १२ सय ५१ सवारीसाधन कारबाहीमा परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्याककृष्ण अधिकारीले बिहानदेखि पाँच बजेसम्म चारपांग्रे ७२ वटा र बाँकी सबै दुईपांग्रे सवारीसाधन कारबाहीमा परेकाे बताएका छन्। 

उनले अहिलेसम्म कुनै पनि सवारीसाधन दुर्घटना भने नभएको जानकारी दिए। ‘अहिले पनि कडाइसाथ चेकिङ गरिरहेका छौँ,’ उनले भने, ‘होली पर्वमा लापारबाही गरी सवारीसाधन नचाइयोस् भन्ने हाम्रो चाहना हो। बाँकी अपडेट वेबसाइटमा राख्छाैँ।’

महाशाखाले विभिन्न ९० चोकमा ट्राफिक चेकिङ प्वाइन्ट राखेको महाशाखाले जनाएको छ। उनका अनुसार ५५ जना मापसेमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.