|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब फाँसीवादमा जाने खतरा बढेको बताएका छन्। शुक्रबार माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली आफैँ फाँसीवादको बाटोतर्फ लागेको बताएका हुन्।

कार्यक्रममा उनले षडयन्त्रको अन्त नभएको र संविधानले भन्दा जताततै सेटिङले मात्र काम गरेको समेत आरोप लगाए।

संवैधानिक निकाय र सबैतिर सेटिङ हुने र सेटिङले मात्र काम गर्ने भएको हुनाले यस्ता गलत प्रवित्तिको अन्त गर्नु जरुरी रहेको पनि उनले बताए।

'व्यवस्थामा नै नभएको पुस ५ को संसद विघटन भयो। जनताले आन्दोलन गरे। संसद पुन: स्थापना भयो। तर,  अहिले फेरि देशभित्र र बाहिर सेटिङ गर्ने नेपाली जनताको पहिचान र अधिकारलाई उल्टाउने खेल भइरहेको छ', उनले भने, 'उत्पीडित समुदायको समावेशी लोकतन्त्रको युगमा प्रवेशमा समावेश गराएको संविधानलाई मिच्ने प्रवृत्ति बढेको छ। सामाजिक न्यान्य र सामाजिक एकताको प्रतिबद्धता गरेपनि प्रधानमन्त्री केपि ओलीले भत्काउन लागेका छन्।'

लामो समय निरंकुशताले मधेसी, महिला, आदिवासीलाई गरेको विभेद हटाउन आफूहरुले लामो युद्ध लडेको र प्राप्त उपलब्धिलाई

मास्न नदिइने पनि उनले बताए। विभिन्‍न आन्दोलनले स्थापित मुद्धाहरुशहिदको रगतलाई अपमान गरेर निरंकुशतन्त्र आउन खोजिरहेको भए पनि त्यसलाई सफल हुन नदिइने पनि उनले बताए।

अध्यक्ष प्रचण्डले सरकार अपारदर्शिताको खेलमा लागेको बताए।  कम्युनिष्ट एकता गर्दा सामाजिक न्यान्य र सामाजिक एकताको प्रतिबद्धता गरेपनि अहिले त्यसको विपरित घटनाक्रम जान खोजेको बताए।  

'ओली सरकारले ७ दशकदेखिको आन्दोलनबाट प्राप्त उपलब्धिलाई मास्न खोजेको छ।  देशमा भएको भाषिक तथा वर्गीय समावेशीता उल्टाउन खोजेको छ। तर मैले भने जातीय विभेदको अन्त्य गर्न खोजिरहेको छु', उनले भने।  प्रतिगमनको यात्रा रोक्न संकल्प गर्न जरुरी छ। आफू एकपटक  पुन आन्दोलनतर्फ जानुपर्ने भएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.