|

मोरङ  : विराटनगर महानगरपालिका-१४ मा ट्रयाक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

आइतबार बिहान साढे ८ बजे को २ त २७३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक २५ वर्षीय कामेश्वर कामतको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा कामतलाई किचेको हो। उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.