|

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ ले मुख्यमन्त्री शेरधन राईप्रति गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रस्तावक तथा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले अविश्वासको प्रस्ताव फिर्ता लिएको घोषण गर्दै भने, ‘फरक सन्दर्भमा दर्ता गरिएको अविश्वास प्रस्ताव अहिलेको सन्दर्भमा औचित्यहीन भयो।’ 

त्यस्तै नेकपा एमालेका नेता तथा सांसद राजेन्द्रकुमार राईले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयप्रति समर्थन जनाउँदै उनले भने, ‘नयाँ राजनीति परिस्थिति उत्पन्न भएका कारणले अविश्वासको प्रस्ताव फिर्ता लिए पनि मुद्दाहरुको औचित्य सकिएको छैन।

विशेष समयमा बोल्दै नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका सचेतक केदार कार्कीले सरकार, सरकार नरहेको र सरकार लाचार रहेको बताए। म आज पनि देख्दिनँ, कुर्सीमा नबस्ने, देखेपछि मात्रै मुख्यमन्त्री हराउनुहुन्छ कि लागेको थियो,' उनले भने, 'तर कुर्सीमा बस्दा पनि मुख्यमन्त्री देखिएनन्। सांसदहरुको अनुहार फेस गर्न नसक्ने मुख्यमन्त्री भएको यो प्रदेशमा धेरै के कुरा के गर्ने?

त्यस्तै, प्रदेश १ जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार संघीय सरकारको भरमा निर्भर रहेको बताए। संघीय सरकारको भरमा प्रदेश सरकारलाई चलाउने हो? भन्ने प्रश्न राख्दै उनले भने, ‘संघीय सरकारको राजनीतिले प्रदेश सरकारको प्रदेश सभालाई बन्धक बनाएर राख्न मिल्छ? ’ प्रदेश तहका नेता साथीले प्रदेश तहमा नै आफ्नो निर्णय आफैं लिन सक्ने क्षमता नआएसम्म संघीयताको परिकल्पना नगरे हुन्छ।’

उक्त बैठकमा सभामुखले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेश १ प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र र मन्त्रिपरिषद्का सदस्य हेरफेर सम्बन्धमा प्रदेश १ मन्त्रिपरिषद सचिवालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए भने आगामी चैत २६ गते २ बजेका लागि प्रदेशसभाको अर्को बैठक तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.