|

काठमाडाैं : नेकपा माओवादी केन्द्रले नेकपाबाट दल अलग हुँदा  नेकपा एमाले तर्फ गएका चार नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। 

माओवादी पार्टी छाडेर केपी शर्मा ओली सरकारमा गएका मन्त्रीहरू लेखराज भट्ट, प्रभु शाह, टोपबहादुर रायमाझी, गाैरीशंकर चाैधरीलाई पार्टीबाट निकालिएको जनाएको हो। उनीहरूले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका थिए।

आज विज्ञप्ति निकालेर तोकिएको समयभित्र उनीहरूल‍े स्पष्टीकरण नदिएको र सहरी विकासमन्त्री प्रभु साहले भने चित्तबुझ्दो जवाफ नदिएकाले यसउपर कारबाही सिफारिस भएकाले उनीहरूलाई दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ। 

साथै गृहमन्त्री रहेका रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाइने माओवादी केन्द्रले जनाएको छ। उनीहरुले भने आफूलाई कारबाही गरे पनि  सिद्धान्तका आधारमा एमालेमा गएकोले आफूलाई कुनै फरक नपर्ने बताइसकेका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.