|

ब्राजिलमा अहिलेसम्मकै रेकर्ड तोडिनेगरी पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमितको मृत्यु भएको छ। 

यतिखेर ब्राजिल कोरोना भाइरसको इपिसेन्टर बनेको बीबीसीमा उल्लेख छ। त्यहाँ कोरोनाका विभिन्न भेरियन्ट (प्रजाति) हरू भेटिएका छन् र मानिसहरूमा गम्भीर समस्या निम्तिने क्रम बढिरहेको छ। 

अस्पताल कोभिड संक्रमितले खचाखच भरिएका छन्। केही शहरहरूमा उपचार कुर्दाकुर्दै संक्रमितहरूको ज्यान गइरहेको छ। धेरै स्थानमा सार्वजनिक स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएको छ। 

ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजार संक्रमितको ज्यान गइसकेको छ। त्यहाँ ज्यान गुमाएका संक्रमित संख्या अमेरिकापछि सबैभन्दा धेरै हो। 

स्थिति भयावह हुँदा पनि राष्ट्रपति जैर बोल्सेनारोले कुनै पनि प्रकारको लकडाउन लगाउन नमिल्ने जिरह गरिरहेका छन्। कोरोनाको पहिलो लहरका बेला पनि ब्राजिलमा लकडाउन लगाउन गरिएको हेलचेक्र्याइँले कारण हजारौं मानिसको ज्यान गएको थियो। 

कोरोना महामारीका कारण नागरिकको स्वास्थ्यमा पर्ने प्रभावभन्दा अर्थतन्त्रमा पर्ने प्रभाव खतरनाक र भयानक हुने बोल्सेनारोले तर्क गर्ने गरेका छन्। 

ब्राजिलमा अहिलेसम्म १ करोड ३० लाखभन्दा धेरै संक्रमित भेटिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.