संखुवासभा : पत्रकार महासंघ संखुवासभा अध्यक्षमा इन्द्र गिरी निर्वाचित भएका छन्। शाखाको छैटौं अधिवेशनबाट प्रेस युनियनका उम्मेद्वार गरीले प्रेस चौतारी नेपालका उम्मेद्वार गंगा विष्टलाई पराजित गरेका हुन्। गिरीका प्रतिद्वन्दी विष्टलाई १३ मतको अन्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन्।
बुधबार महासंघको कार्यालयमा भएको निर्वाचनमा प्रतिद्वन्दी विष्टले ११ मत प्राप्त गरेको थिए भने गिरीले २४ को मत प्राप्त गरेका छन्। त्यस्तै, सचिव पदमा प्रेमप्रसाद निरौलालाई पराजित गर्दै मेघराज तामाङ निर्वाचित भएका छन्।
उनका प्रतिद्वन्दी निरौलालाई ८, २७ को मत अन्तरले पराजित गरेका हुन्। जिल्ला कार्य समितिको ४ सदस्य प्रेस संगठनका भविन कार्कीले ३० मत, प्रेस युनियनका सुरेन शाक्य ३१ मत, मत दुर्गेश पौडेलले र माधव सुवेदी २८ मत ल्याएर विजयी भएका छन्।
४ पदका लागि ५ जनाको उम्मेद्वारी परेकोमा दुर्गामणी कटुवाल ११ मत ल्याएर पराजित भएका हुन्।
त्यस्तै, उपाध्यक्षमा संयुक्त प्यानलबाट प्रेस युनियनका कृष्णराज शाक्य र महिला उपाध्यक्ष युनियनकै कविता निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, कोषाध्यक्ष पदमा प्रेस संगठनका अनिश विष्ट र सहसचिवमा प्रेस युनियनका ध्यान कुलुङ र सुजन बज्राचार्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित कार्य समितिको पदावधि ३ वर्षको हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।