|

काठमाडौं :  सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तथ्य र तथ्यांकमा टेकेर बहस  गर्न संसदमा निम्तो दिएका छन्।

विशेष समयमा थापाले प्रधानमन्त्रीले बाहिरको सभा सम्मेलनमा हुँदै नभएको तथ्य र तथ्यांकलाई आधार मानेर गफ चुट्न बन्द गर्न उनले सुझाव दिए। 

'निर्माण भइसकेको पुलको शिल्यानास गरेको छ। ठेक्का पनि नभएको सुनकोशी मरिन डाइभर्सनको उद्घाटन गरेको छ। बीच बाटोमा पुगिसकेको बाटोको शिल्यान्यास गरेको छ। अस्ति भर्खर १६५ वटा सडकको बटन थिचेको छ', उनले प्रधानमन्त्रीतर्फ इंगित गर्दै भने, 'बजेट तीन अर्ब छ। ती सडक निर्माण गर्न ५७ अर्ब लाग्छ। डिजाइन छैन। पैसा छैन। वर्षको जम्मा ८-९ सय किमि सडक बनाउने सडक विभागले अब २२-२३ सय किमि सडक थप्नका निम्ति संस्थाको क्षमता बढाउने हिसाबकिताब केही छैन। त्यसबारे केही सोच्न नपर्ने हो भने १६५ मात्र किन एउटा निर्वाचन क्षेत्रमा १० वटा सडक ठोक्दिम्। एकैपटक १६ सय ५० वटा सडकको शिल्यान्यास गरौं।'

दिनको ३ किलोमिटर सडक पिच भएको भन्दै प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले देशमा १० किलोमिटर पिच भएको छ भन्दै मिथ्यांक फैलाएको उनको आरोप थियो।

'हाम्रो पूर्वाधार निर्माणमा समस्या छ। अहिलेको सरकारको मात्र यो समस्या होइन्। पूर्वाधार निर्माणमा हाम्रा नियम र कानुनमा आधारभूत समस्या छन्। स्रोत, साधन र क्षमतामा समस्यामा छ। यो अवस्था बदल्न संसदले कयौं कानुन बदल्नुपर्ने काम छ। बजेटको समयमा गम्भीर छलफल गर्नुपर्ने छ', उनले भने', प्रधानमन्त्रीले यसतर्फ सोच्न नपर्ने?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.