|

ओखलढुंगा : नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ। नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको थियो। 

प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १ सय ९६ मतान्तरले पराजित गर्दै घिमिरे विजयी भएका हुन्। घिमिरेले ७ सय ९३ मत प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा लवदेव ढुंगाना निर्वाचित भएका छन्, उनले ८ सय १० मत प्राप्त गरेका छन्। उपाध्यक्षका प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गरे। 

महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङले ८ सय ३६ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५ सय ७८ मत प्राप्त गरिन्।

महासचिवमा विवेक गौतम ८ सय १९ मत ल्याउँदै निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गरे। सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए भने उनका प्रतिस्पर्धी अविजाल विष्टले ५१३ मत प्राप्त गरे।

समावेशी सहसचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी बने भने उनका निकटतम प्रतिस्पर्धी सन्तवीर लामाले ६२६ मत प्राप्त गरे। कोषाध्यक्षमा विमल लामिछाने निर्वाचित भएका छन्।

उनले ८०६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सन्तोष रुचालले ५७२ मत प्राप्त गरे।  त्यस्तै सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७, ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन्। महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन्।

त्यस्तै दलित सदस्यमा बिपी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन्। जनजाति सदस्यमा विष्णु सुब्बाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बने।

मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३, व्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भए। अल्पसंख्यक सदस्यमा ओखलढुंगाका लीलाबहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

कसले कति मत पाए ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.