|

काठमाडौं : जर्मनीले युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई आग्रह गरेको छ।

जर्मन चान्स्लर एन्जेला मर्केलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा यस्तो बताएकी हुन्। रुसी सेनाका कारण युक्रेनमा द्वन्द्व बढेको भन्दै तत्काल सेना फिर्ता बोलाउन मर्केलले रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरिन्।

सन् २०१४ अप्रिलमा सरकारी सुरक्षाकर्मीमाथि विद्रोहीले आक्रमण गरेदेखि त्यस क्षेत्रमा रुसी सैनिक तैनाथ हुँदै आएका छन्। यसैबीच अमेरिकाले नाटो सहयोगीहरूसँग रुसी सेनाको आन्दोलनका बारेमा छलफल गरिरहेका समाचार संस्था अलजजिराले उल्लेख गरेको छ। पछिल्ला दिनहरूमा युक्रेनको सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ।

अघिल्लो हप्ता मात्रै विद्रोहीको आक्रमणमा परी पाँच जना युक्रेनी सैनिकको मृत्यु भएको थियो। यस्तै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले हिजोमात्रै द्वन्द्वग्रस्त क्षेत्रमा निरीक्षण गरेका छन्। उनले त्यस क्षेत्रमा शान्ति कायम गर्न लागि प्रयास जारी राखेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.