|

काठमाडौं : ​पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति भनेको जंगल रहेको प्रतिक्रिया दिएका छन्। राजकाज त्यसैको जंगल रहेको उनले बताए। राजनीति, राज्य र समाज मानिसको चेतनाअनुसार परिवर्तन हुने उनको भनाइ छ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मिश्रद्बारा लिखित ' राजनीतिसँगै राजकाज ' पुस्तक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थविद डा. स्वर्णिम वाग्ले र मिश्रले एकसाथ विमोचन गरेका छन्।

'नेपालमा राजनीतिक परिवर्तनको लडाइँ बल्ल सुरु भएको छ, 'विमोचनमा भट्टराईले भने, 'नेपालमा भएको अहिलेको उपलब्धि पश्चिमा मुलुकले १८ औं शताब्दीमा पाइसकेका थिए।'

सत्तामा रहँदा विकासभन्दा पनि राजनीति प्रक्रियालाई मैदानमा उतार्नुपरेको सन्तोषजनक काम गर्न नसकेको उनले बताए। उनले भने, 'शान्ति प्रक्रिया, सेना समायोजन र संविधान निर्माणको काम मुख्य जिम्मेवार थियो।'

मेरो कार्यकालमा एउटै मात्र बजेट पेस भएको उनले स्मरण गरे। विकास निर्माणको र राज्य सञ्चालनको काम सहायक रहेको उनको भनाइ छ। मेरो कार्यकालमा २ वर्षसम्म बजेट पेस गर्न नदिएको उनले बताए।

राजनीति जानेका र बुझेकाहरूले बिगारेकाले हामी जस्ता राजनीति गर्न नजान्नेहरू राजनीतिमा आउनुपरेको विवेकशील साझा पाटीका अध्यक्ष तथा लेखक मिश्रले बताएका छन्।

नेपालमा राजनीतिमा लागेकालाई लक्षित गर्दै उनले भने, 'धेरैले राजनीति विद्यार्थीकालीन समय र पेसामा लागेपछि गर्ने भएकाले सबैथोक त्यागेपछि राजनीति गर्दा केही नजानेको जस्तो देखिएको हो।'

उक्त पुस्तक फाइनप्रिन्टबाट प्रकाशन भएको हो। यसअघि मिश्रको भूमध्य रेखा, रविन्द्र मिश्रको कविता र निबन्ध संग्रह 'खान पुगोस् र दिन पुगोस्' जस्ता पुस्तक सार्वजनिक भइसकेका छन्।

अर्थविद वाग्लेले शिक्षा, स्वास्थ्य,आवास र सार्वजनिक यातायातमा राज्यले अग्रगामी छलाङ मार्नुपर्ने बताए। नागरिकले सवारीसाधनको लाइसेन्स लिन १८ महिना कुर्नुपर्ने बाध्यता नहटेसम्म नेपालको कल्याणकारी लोकतन्त्र समुन्नत नहुनेको उनको विश्वास व्यक्त गरे।

'अबको राजनीतिले जनताको सानातिना मुद्दामा ध्यान दिनुपर्छ,' उनले भने, ' सिद्धान्तको कुरा भन्दा जनताको दैनिक क्रियाकलापलाई छुन सक्ने राजनीति गर्नुपर्छ।' जनताको जीवनस्तरसँग जोडिने खालको राजनीति गर्नुपर्ने उनले तर्क पेस गरे। नेपालमा भइरहेको राजनीतिक प्रक्रियालाई जनताले विश्वास गर्न छोडिसकेको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.