|

काठमाडौं : गण्डकी प्रदेशको प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै चोरबाटो समातेको आरोप लगाएका छन्। 

अविश्वासको प्रस्ताव दर्ता गरेपछि कांग्रेस, माओवादी र जसपाको संयुक्त पत्रकार सम्मेलन गर्दै उनले भने, ‘ओलीले लोकतन्त्र बाहिर गएर संसद् विघटन गरे। त्यसविरुद्ध हामी लागेका थियौँ। संसद् पुनःस्थापना गरेपछि पनि ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो। तर, उहाँले अहिलेसमेत विश्वासको मत लिनुभएको छैन।’

उनले प्रतिगमनविरुद्ध लागेका सबैसँगै हस्ताक्षर गरेरै आएको बताए। ‘हामी सबै एकै ठाउँमा आएका छौँ। अर्को शक्ति जनमोर्चाले पनि केन्द्रबाट अविश्वासको प्रस्तावमा सहयोग गर्ने भनेर विज्ञप्ति आइसकेको छ’ उनले भने, ‘केन्द्रको निर्देशनमै चोरबाटोबाट  संसद् बैठक अन्त्य गर्नुभयो। लोकतन्त्रलाई अगाडि लाने कुरामा हामीले अपेक्षा गरेका थियौँ। तर, उहाँको कदमले कलंकको रूपमा रहन्छ। हामी त्यसलाई भर्त्सना गछौँ।’

अब नयाँ सरकार बनाएर दुई वर्ष जनताको पक्षमा काम गर्ने प्रतिबद्धतासमेत जाहेर गरे। उनले भने, ‘प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउनका लागि पत्र निवेदन दर्ता गछौँ। निवेदन दर्तापछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ। त्यहीँबाट हामी निकास निकाल्छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.