|

काठमाडौं : भक्तपुर नगरपालिकाभित्र १०८ वटा सांस्कृतिक सम्पदा पुन:निर्माण सम्पन्न भएको छ।

वि.सं. २०७२ सालमा भूकम्पले क्षतिग्रस्त बनाएको सम्पदा पुन:निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन्‌।

उपप्रमुख जोशीका अनुसार नगरपालिका क्षेत्रका ११५ वटा सम्पदामा भूकम्पले क्षति पुर्‍याएकाे थियो।

‘सांस्कृतिक रूपमा यो नगरपालिका सम्पदाले भरिपूर्ण छ,’ उनले भनिन्‌, ‘१०८ वटाको पुन:निर्माण सम्पन्न गरिसकेका छौँ, बाँकी सम्पदा पनि छिट्टै बनाइसक्छौँ।’ 

नगरपालिकाभित्र रहेका मूर्त तथा अमूर्त सम्पदा जोगाउँदै आएको पनि उनले दाबी गरिन्।

‘नयाँ पुस्तामा हस्तान्तरण गर्ने गरी यहाँ भएका सम्पदा पुन:निर्माण कामलाई अघि बढाएका छौँ, मेरो कार्यकालभित्रमा नगरपालिकालाई समृद्ध, शिक्षित, स्वास्थ्य र सुरक्षित बनाउने लक्ष्य लिएर त्यही वातावरण मिलाएर काम गरिरहेका छौँ,’ जाेशीले भनिन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.