कोरोना नियन्त्रणमा सरकारले आफ्नै निर्णय बेवास्ता गरेको आरोप

|

काठमाडौं : नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन प्रक्रियालाई केही दिनमै टुंग्याउने माओवादी केन्द्रले निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकका निर्णय सुनाउने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'सरकारले संविधान र लोकतन्त्रलाई कमजोर पार्नेगरी काम गरेको छ। यो सरकारले सामाजिक न्यायविरुद्ध काम गरेको र कम्युनिस्ट आन्दोलन क्षतविक्षत् पार्दै नेपालको स्वाधीनताविरुद्ध बाह्य शक्तिको हस्तक्षेप बढाएको छ।’

नयाँ सरकार गठनको विषयमा कांग्रेस र जसपासँग निरन्तर छलफल भइरहेको पनि उनले जानकारी दिए।   

‘हामीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता गर्न लिखित रुपमा दिन मात्रै बाँकी छ। त्यो केही दिनमै गछौँ’, उनले भने, ‘यो सरकारलाई विस्थापित गरेर हामी नयाँ सरकार बनाउन चाहन्छौँ।’

संविधानको व्यवस्थाअनुसार निर्वाचनको सामना गर्न माओवादी तयार रहेको समेत बताए। विघटनपछि पुनःस्थापना भएको संसद् पूरा कार्यकाल चलोस् भन्ने लागेको भने उनले बताए। 

कोरोनाविरुद्ध पार्टी नेता कार्यकर्तालाई संक्रमणबाट बच्न र बचाउन निर्देशनसमेत दिइएको उनले बताए। यस्तै, सरकार कोरोना नियन्त्रणमा आफ्नो निर्णयको आफैंले बेवास्ता गरेको समेत बैठकले निष्कर्ष निकालेको छ। 

अधिवेशनको अन्त्य हठात् रुपमा गरेपछि गरेको निर्णयको विरोध गरेको समेत बताए। बैठक भोलि पुनः दिउँसो १ बजे बस्ने उनले बताए। 

बैठकमा विधान संशोधन, संगठनको कामबारे, केन्द्रीय समिति बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार बनाउने विषय, पार्टीको समर्थन नरहेकोलगायत विषयमा छलफल हुने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.