|

काठमाडौं :  नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादवलाई चयन गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले  यादवलाई समिति संयोजकको जिम्मेवारी दिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। समितिको संयोजकबाट राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त पदमा यादवलाई नियुक्त गरिएको बताए। 

बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुने भनिए पनि नभएको महतले बताए। कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.