|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत जाने भएको छ। सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत जाने तयारी गरेको हो। 

ओलीले माधव नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो। कानुन व्यवसायीहरूसँगको छलफलपछि कारबाही रोक्न माग गर्दै अदालत जाने निर्णय तयारी भइरहेको छ। 

नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने मंगलबार नै बताएकी थिइन्। 

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र सोहीअनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानूनी लडाइँ लड्ने बताएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.