भारत महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांक चुहावट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। अस्पतालमा जम्मा १५० बिरामीहरू थिए जसमा २३ जना भेन्टिलेटरमा राखिएको थियो।
अक्सिजन चुहावटको कारण अस्पतालमा आधा घन्टा आपूर्ति अवरुद्ध भएको बिबिसीले जनाएको छ। सिक नगर निगमका आयुक्त कैलाश जाधवले भने, 'प्राविधिकको सहयोगमा चुहावट रोकिएको छ।' घटनाबारे छानबिन सुरू भएको र दोषीलाई कडा कारबाही गर्ने जाधवले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।