|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर दुई हजार तीन सय ५१ जना कोेरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा आठ हजार आठ सय ४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडाैं उपत्यकामा एक हजार ५१ जनामा नयाँ संक्रमण पुष्टी भएको छ। जसअनुसार काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना संक्रमित थपिएका छन्। उनका अनुसार देशभर एक सय ८० जना आइसीयुमा छन्। संक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ छन्।

दुई सय ८७ जना संक्रमणमुक्त भएको उनले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.